पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ बैशाख २९, सोमबार (२ महिना अघि)
  • २२७ पटक पढिएको

पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा

पनौती/बुद्ध जयन्तीको अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा सम्पन्न भएको छ ।
काभ्रेको लागि केही गरौं भन्ने नारा सहित काभ्रे सेवा समाजको आयोजना पदयात्रा गरिएको हो । पूर्वराष्ट्रपति रामवरण यादवले समुद्घाटन गरी पदयात्राको शुभारम्भ गरिएको थियो ।

शान्ति पदयात्रा कार्यक्रमको समुद्घाटन गर्दै पूर्वराष्ट्रपति रामवरण यादवले विश्वमा शान्ति स्थापना हुने विश्वास व्यक्त गर्नु भयो । शान्ति पदयात्राले विश्वभर शान्ति स्थापना गर्ने विश्वास राख्दै पूर्वराष्ट्रपति यादवले पनौती र नमोबुद्धको पहिचानलाई विश्वसामु चिनाउन पनि यस कार्यक्रमले मद्दत पुग्ने बताउनु भयो । यस प्रकारको कार्यक्रमले पनि पनौती र नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गराउन टेवा पुग्ने उनको भनाइ थियो ।
ऐतिहासिक महत्व बोकेको एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा पनौतीको चिनारी र यहाँको पर्यटन विकासको लागि
‘शान्ति पदयात्राले थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

विश्वमा शान्ति र सद्भावको सन्देश फैलाउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै आन्तरिक र बाहृय पर्यटन प्रवर्द्धन हुने बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले बताउनु भयो । सोही कार्यक्रममा पनौती नगर प्रमुख रामशरण भण्डारीले यस कार्यक्रमले पनौतीलाई विश्व सम्पदामा सूचीकृत हुने विश्वास राखिएको बताउनु भयो । बागमती प्रदेशअन्तर्गत काठमाडौं पर्यटन कार्यालयको मुख्य सहयोग, काभ्रेका स्थानीय पालिकाको सहयोग तथा विभिन्न साझेदारको सहयोगमा शान्ति पदयात्रा आयोजना गरिएको काभ्रे सेवा समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिनु भयो ।

विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपुर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ । पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापारी, व्यवसायी, नागरिक समाज, पत्रकार लगायतका क्षेत्रका प्रतिनीधिहरुसहित करिब एक हजार जना सहभागी रहेको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस