विद्युत पोलमा काम गरिरहेका एक जना मजदुरको करेन्ट लागेर मृत्यु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ जेष्ठ ३, शनिबार (८ महिना अघि)
  • ४६२ पटक पढिएको

विद्युत पोलमा काम गरिरहेका एक जना मजदुरको करेन्ट लागेर मृत्यु

धुलिखेल /जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ७ स्थित सन्जिवनी चोकमा विद्युत पोलमा काम गरिरहेका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार करेन्ट लागेर  ईश्वरपुर न.पा. १२ घारिबथान बस्ने अं. बर्ष २८ को उपेस परियारको मृत्यु  भएको हो।

शनिवार बिहान साढे ११ बजेको समयमा काभ्रेको धुलिखेल नगरपालिका वडा नं ७ स्थित सञ्जीवनी चोकमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढी काम गरिरहेको अवस्थामा परियारलाई अचानक करेन्ट लागेको हो घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ र शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल  पठाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस