पाँचखालमा गुडिरहेको टिपरमा आगो लाग्यो

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ जेष्ठ २२, बिहिबार (१ महिना अघि)
  • २०५ पटक पढिएको

पाँचखालमा गुडिरहेको टिपरमा आगो लाग्यो

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-५, तल्लो जिपलाइनस्थित अरनिको राजमार्ग खण्डमा बालुवा बोकेर भक्तपुरतर्फ जाँदै गरेको एक टिपरमा अचानक आगलागी भएको छ।

प्रहरीका अनुसार पाँचखाल नगरपालिका -५ खावा चोकमा बा. २ क ६१२५ नम्बरको टिपरमा राती साढे ११ बजेतिर एक्कासि आगो लागेको हो । काभ्रेको पाँचखालबाट धुलिखेल तर्फ बालुवा लिएर जाँदै गरेको टिपर दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ बस्ने २७ बर्षीय नवराज सिवाकोटीले चलाएका थिए ।

टिपरमा कसरी एक्कासि आगलागी भयो भन्नेबारे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि, तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस