बेथानचोकमा एक घरमा आगलागी हुँदा २५ लाख क्षति

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ जेष्ठ २४, शनिबार (५ महिना अघि)
  • ३३२ पटक पढिएको

बेथानचोकमा  एक घरमा आगलागी हुँदा २५ लाख क्षति

बेथानचोक/काभ्रेको बेथानचोकमा एक घर आगलागीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको छ । शनिबार बिहान करिब २:३० बजे काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. २ चनौटे लडकुस्थित राजेशकुमार श्रेष्ठको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार, श्रेष्ठको ढुङ्गा माटोले बनेको र जस्ताको छानो भएको दुईतले कच्ची घरमा विद्युत् सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो करिब बिहान ४:३० बजे पूर्णरूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त आगलागीबाट घरसहित भित्र रहेका अन्नपात, लत्ता कपडा, भाँडाकुँडा, सिरक–डसना, फर्निचरलगायत सम्पूर्ण सामग्री जली नष्ट भएका छन् । आगलागीबाट अनुमानित रूपमा करिब २५ लाख रुपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ । तर, मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस