अवरूद्ध बीपी राजमार्ग एकतर्फी खुल्‍यो

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ अषाढ ४, बुधबार (१ साल अघि)
  • ६४४ पटक पढिएको

अवरूद्ध बीपी राजमार्ग एकतर्फी खुल्‍यो

बुधबार दिउँसो परेको अविरल वर्षाका कारण साँझ ५ बजेदेखि लेदोसहितको पहिरोले अवरूद्ध बीपी राममार्ग सवारी आवागमन एकतर्फी रुपमा सुचारू भएको छ । विपी राजमार्ग अन्तर्गतको पात्लेखेतमा लेदो सहितको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो। पहिरोका कारण सडक बन्द हुँदा सवारी साधनहरु आवतजावत ठप्प भएको थियो । घटनास्थलमा डोजर र प्रहरी टोली परिचालित गरिएको र सडक दुइ तर्फि खुलाउने प्रयास तीव्र गतिमा भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी उपरिक्षक सुनिल धाजुले पहिरो पन्छाएर यातायात दुइतर्फी सुचारू गर्न प्रयास भइरहेको बताए ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस