बनेपामा योद्धा गाडीले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ अषाढ ७, शनिबार (३ हप्ता अघि)
  • ४२९ पटक पढिएको

बनेपामा योद्धा गाडीले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु

काभ्रेको बनेपा नगरपालिका ७ मा योद्धा गाडीले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेकै तेमाल गाउँपालिका १ घर भइ हाल बनेपा ७ मा डेरा गरि बस्ने बर्ष ४५ को ज्ञानध्वज तामाङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

प्रहरीका अनुसार पनौतीबाट बनेपा तर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्वा गाडीले बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा.प्र ०२–०२३ प ६०२३ नम्वरको स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाइृते भएको र उपचारको लागि शिरमेमोरियलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वातीले जानकारी दिए ।

ठक्कर दिने योद्वा गाडी र स्कुटर इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । योद्वा गाडीको चालक धनुषा जिल्ला जनकपुर उपमाहानगरपालिका १३ बस्ने अन्दाजी वर्ष ३५ को अजय यादव फरार भएको र उनको खोजी भईरहेको प्रहरीको भनाई छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस