रोशी/बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नं. ९ स्थित नार्केमा लेदोसहित आएको पहिरोको कारण अबरुद्ध बीपी राजमार्ग एक तर्फी सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार साँझ ५ः०० बजेको समयमा वर्षात्सँगै लेदोसहित आएको पहिरोका कारण बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको थियो ।
अवरुद्ध भएको राजमार्गलाई ट्राफिक प्रहरी, प्रहरी, सडक विभागको सहकार्य र समन्वयमा एकतर्फी खुलाउन सफल भएको उनले बताए ।