‘’प्रभाका चम्किला ताराहरु’’ पुस्तक लोकार्पण एबम् अभिनन्दन कार्यक्रम सम्पन्न

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ अषाढ २२, आईतबार (६ दिन अघि)
  • ११७ पटक पढिएको

‘’प्रभाका चम्किला ताराहरु’’ पुस्तक लोकार्पण एबम् अभिनन्दन कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक जिल्ला, चौरीदेउराली गाँउपालिका वडा नं. ६ मा अवस्थित प्रभा माविमा अध्ययन गरी देश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट विद्याबारिधी उपाधि हासिल गर्ने ८ जना व्यक्तित्वहरुको जिवनीसहितको पुस्तक ‘प्रभाका चम्किला ताराहरु’ विमोचन गरिएको छ ।

शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजित पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. प्रेम नारायण अर्याल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, पूर्वराज्यमन्त्री तथा काभ्रेपलाञ्चोक प्रतिनिधीसभा क्षेत्र नं. १ का सांसद सुर्यमान दोङ, चौरीदेउराली गाँउपालिकाका अध्यक्ष रेणुका चौलागाई लगायतले ‘प्रभाका चम्किला ताराहरु’ पुस्तकको सयुक्तरुपमा विमोचन गरेका हुन ।

प्रभा एलुम्नाईका अध्यक्ष गोकुल गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तकमा समेटिएका ८ व्यक्तित्वहरुलाई अभिनन्दनसमेत गरिएको थियो । सो अवसरमा प्रभा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख बलराम कोइराला, पूर्वक्याम्पस प्रमुख चुडाप्रसाद चौलागाई तथा एसएलसी पहिलो व्याजका विद्यार्थी लोकनाथ गौतम र बिजय राज गिरीलाई सम्मान समेत गरिएको थियो ।

विमोचित पुस्तकमा प्रभा माविमा अध्ययन गरेर विद्यावारिधी हासिल गर्ने डा. टंक प्रसाद गौतम, डा. दिलिपकुमार गौतम, डा. रवीन्द्र राज गिरी, डा. नारायण प्रसाद चौलागाई, डा. संग्रामसिंह लामा, डा. खडगमान श्रेष्ठ, डा. नवराज गौतम र डा. ङेमादोर्जे लामाको प्रभा माविमा पढदादेखि विद्याबारिधि गर्दासम्मको पठनसंघर्ष र जिवनसंघर्ष समेटिएको छ ।

प्रभा अलुम्नाईका अध्यक्ष गोकुल गौतमले विकट गाँउको स्कुलमा अध्ययन गरेर पनि विभिन्न विषयमा विषयविज्ञता हासिल गरेर राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाउन सफल व्यक्तित्वहरुको संघर्ष र मेहनतबारे आउदो पीढिलाई बुझाउन र प्रेरणा दिन पुस्तक प्रकाशन गरिएको बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस