बनेपा–नाला–भक्तपुर सडक खण्ड पुनः अवरुद्ध

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ अषाढ २३, सोमबार (५ महिना अघि)
  • २५७ पटक पढिएको

बनेपा–नाला–भक्तपुर सडक खण्ड पुनः अवरुद्ध

बनेपा–नाला–भक्तपुर सडक खण्ड पुनः अवरुद्ध भएको छ । पुण्य माता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको उक्त सडक  खण्ड  आइतबार साँझदेखि नाला क्षेत्रमा परेको वर्षाको कारण पुनः अवरुद्ध भएको हो ।

वर्षाको कारण ह्युमपाइप माथिको माटो बाढीले बगाइदिएपछि सडक बन्द भएको इलाका पहरी कार्यालय बनेपाले जनाएको छ ।फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएपछि बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्य माता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहान मात्रै ह्युमपाइप राखेर खुलाइएको थियो ।

अरनिको राजमार्गको धुलिखेल–सूर्य विनायक सडकको वैकल्पिक मार्गसमेत रहेको सडकमा पूर्ण रुपमा बन्द भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस