
रोशी / लेदो झरेपछि बीपी राजमार्ग अवरुद्धभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ स्थित पिन्थली, बिरुवाडाँडा र कालढुंगामा लेदो झरेको छ । अहिले दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।
उनका अनुसार आइतबार साँझ ६:३० बजेतिर लेदोका कारण राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।