क्रसर बाट आएको लेदो रातारात हटाई विपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ अषाढ ३०, सोमबार (५ महिना अघि)
  • ३६८ पटक पढिएको

क्रसर बाट आएको लेदो रातारात हटाई विपी राजमार्ग अस्थायी रूपमा  सञ्चालनमा

रोशी/क्रसर बाट  आएको लेदो रातारात हटाई विपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ ।

बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ वडाको सिमाना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

आइतबार साँझ साढे ६ बजेदेखि आएको लेदो रातभर हटाएर बिहान ६ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल धाँजुले जानकारी दिए । बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक-पटक सडक अवरुद्ध भएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस