निरन्तरको वर्षाका कारण बीपी राजमार्ग दैनिकजसो अवरुद्ध

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ अषाढ ३१, मंगलबार (५ महिना अघि)
  • २७९ पटक पढिएको

निरन्तरको वर्षाका कारण बीपी राजमार्ग  दैनिकजसो अवरुद्ध

रोशी/वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

सोमबार राति ८ बजेको समयमा काभ्रेको रोशी गाउँपालिका-११ माम्ती खोलामा सडकमाथिबाट आएको भेलले सडक कटान गरेको छ । अहिले बाटो दुई तर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

त्यस्तै, सोमबार राति ११ः३० बजे रोशी-९ स्थित पिन्थली सडकखण्डमा खहरे खोलाको लेदो आई बाटो दुईतर्फी अवरुद्ध भएको कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी दिए । उनका अनुसार सोमबार राति नै बिरुवाडाँडामा खहरेखोलाको लेदो आई बाटो अवरुद्ध भएको छ ।

ट्राफिक प्रहरी, प्रहरी, सडक विभागको सहयोग र सहकार्यमा राजमार्गका विभिन्न स्थानमा अवरुद्ध सडकलाई खुलाउने प्रयास भइरहेको उनले बताए । सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो । रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस