सञ्चालनमा आयो वीपी राजमार्ग

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ अषाढ ३१, मंगलबार (६ महिना अघि)
  • ३२९ पटक पढिएको

सञ्चालनमा आयो वीपी राजमार्ग

पहिरो र लेदो पन्छाएपछि वीपी राजमार्गको अवरोध हटेको छ । गएराति अवरुद्ध भएको सडक आज बिहान ८ः३५ बाट पुन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको थियो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोला र विरुवाडाँडामा लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।

स्थानीय जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा सडक खुलाइएको हो । जेसिभी प्रयोग गरी लेदो हटाएर दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको हो ।
यात्रा गर्दा सडक तथा लेन अनुशासनको पालना गरी यात्रा गर्नुहुन समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस