साउन एक गते देखि बिपि राजमार्गमा गाडीहरू साँझ ५ बजेदेखी बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइने

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ अषाढ ३२, बुधबार (५ महिना अघि)
  • २९१ पटक पढिएको

साउन एक गते देखि बिपि राजमार्गमा गाडीहरू साँझ ५ बजेदेखी बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइने

धुलिखेल / विपदको सम्भावित जोखिम न्यूनीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बी.पी. राजमार्गमा साउन १ गतेदेखि साँझ ५ बजेदेखि विहान ५ बजेसम्म यात्रुवहाक सवारीसाधन चलाउन रोक लगाएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको मंगलबारको सुरक्षा बैठकले साउनभर साँझ ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुबहाक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।

असार ६ गते सिन्धुलीको खुकोर्टमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समिति बैठकको निर्णयबमोजिम बर्खामा बाढीपहिरोको जोखिम रहेको भन्दै १५ दिनका लागि साँझ ६:३० देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । उक्त निर्णयअनुसार काभ्रेको काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । सोही निर्णयलाई यथावत राख्दै असार १८ गतेको जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकले १५ दिनका लागि म्याद थप गरी साँझको समयमा राजमार्गमा यात्रुबहाक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस