लागुपदार्थ सेवन गरेर बस चलाउँदै चालकहरू

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ श्रावण १, बिहिबार (५ महिना अघि)
  • ३२१ पटक पढिएको

लागुपदार्थ सेवन गरेर बस चलाउँदै चालकहरू

बनेपा-काभ्रेमा कतिपय सवारीचालकले लागू पदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने गरेको पाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आज बनेपा-पनौती सडकको धनेश्वर क्षेत्रमा लापसे तथा लाइसेन्सको चेकिङ गरेको थियो । यात्रुबाहक बस, ट्रिपरसहित अन्य साधनका चालकको लापसे (लागू पदार्थ सेवन) चेक गरेको थियो । ४० जना चालकको लापसे सेवन गरेकोमा ८ जनाले लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।
८ जनामा ६ जना बस चालक रहेका छन् भने ट्रिपर चालक र सुमो चालक एक एक जना रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर आवास्यक  कानुनी कार्बाहीका लागी इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ ।
लापसे परीक्षणका लागि जनस्वास्थ्य कार्यालय काभ्रेले सहयोग गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस