
नमोबुद्ध/ विपि राजमार्ग अन्तर्गत बिसकिलोमा सवारी दुर्घटना हुँदा नमोबुद्ध नगरपिलिकाका पूर्व मेयर टिपि शर्मा गम्भीर घाइते भएका छन । घाइते शर्माको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।
नमोबुद्ध नगरपालिका बिस किलो (भकुण्डे)मा नार्के बाट काठमाण्डौ तर्फ जादै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले बिपरित दिशा बाट आउदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुरटलाई ठक्कर दिई सवारी दुर्घटना हुँदा स्कुरट चालक नमोबुद्ध २ का किशोर तिमल्सिना सामान्य घाईते, स्कुटरमा पछाडि सवार नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टंक प्रसाद शर्मा गम्भिर घाईते भई उपचारको लागी धुलिखेल अस्पताल पठाईएको प्रहरीले जनाकारी दिएको छ । अर्का
स्कुटर चालक जिल्ला दोलखा मेलुङ घर भई हाल जिल्ला काभ्रे रोशी गा.पा.०८ वस्ने निमा तेम्वा थोकर सामान्य घाईते भई उपचारको लागी मेथिनकोट अस्पताल पठाईएको भने ठक्कर दिने चालक र स्कुटर नितन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।