खोलाले बगाएर बेपत्ता भएका तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ श्रावण १०, शनिबार (४ महिना अघि)
  • २५७ पटक पढिएको

खोलाले बगाएर बेपत्ता भएका तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु

पाँचखाल/धान खेतमा पानी बगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ । शुक्रबार राति करिब नौ बजे झिगुखोलाले बगाएर बेपत्ता भएका ५५ वर्षीय भण्डारीको शव आज सुनकोसी नदीमा भेटिएको हो । भण्डारीलाई बगाएको खबर आएपछि स्थानीय, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर उनको खोजी गरिए पनि मध्याह्न शव फेला परेको हो । झिगुखोला पाँचखाल हुँदै सुनकोसी नदीमा मिसिने भएकाले खोजी कार्य जटिल भएको पाँचखाल प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस