
पनौती/काभ्रेपलान्चोकको पनौती नपा–३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई सडकबाट अन्दाजी छ मिटर तल खस्दा मोटरसाइकलमा सवार गम्भीर घाइते ३२ वर्षीया सुजना खत्रीको उपचारका क्रममा मृत्यु भएको छ । करिब ११ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् पनौती–५ का विजय थापा र छोरा पाँच वर्षीय बिएन्स सामान्य घाइते भएको र उनीहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।