काभ्रेमा आजमात्रै लडेर दुइजनाको ज्यान गयो

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ श्रावण १३, मंगलबार (४ महिना अघि)
  • ३४८ पटक पढिएको

काभ्रेमा आजमात्रै लडेर दुइजनाको ज्यान गयो

काभ्रे। काभ्रेमा मंगलबार एकै दिन लडेर दुई जनाको ज्यान गएकाे छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलले दिएकाे जानकारी अनुसार नमाेबुद्ध नगरपालिका र बेथानचाेक गाउँपालिकामा गरि दुई जनाकाे लडेर ज्यान गएकाे हाे ।

बेथानचोक गाउँपालिकामा एकजनाको भीरवाट लडेर मृत्यु भएको छ । बेथानचोक ५ बस्ने ६० बर्षिया सेतेमान भोलनको डेरीमा दूध लैजाने क्रममा लडेर मृत्यु भएको हो । बेथानचोक ३ गोर्खाली टोल स्थित डेरीमा दुध लिएर जाने क्रममा बाटोमा लडी टाउकोमा गम्भिर चोट लागेर घाईते उनको उपचारको क्रममा मृत्यु भएको हो । ट्रमा सेन्टर अस्पताल काठमाण्डौमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै नमोबुद्ध नगरपालिकाकी कुमारी राउतको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ५० वर्षिय राउत बारीबाट घाँस बोकेर घर आउदै गर्दा घर नजिकै बाटोमा अचानक चिप्लिएर लडि घाईते भई उपचारको लागि धुलिखेल अस्पतालमा उपचारको क्रममा  मृत घोषणा गरेको जिल्ला प्रहरी काभ्रेका सूचना अधिकारी मिन घलेले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस