लागुपदार्थ सेवन गरेर सवारी चलाउने ९ जना चालक पक्राउ

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ श्रावण २७, मंगलबार (५ महिना अघि)
  • २६८ पटक पढिएको

लागुपदार्थ सेवन गरेर सवारी चलाउने ९ जना चालक पक्राउ

काभ्रे-काभ्रेमा लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउने ९ जना सवारीचालक पक्राउ परेका छन् ।

आज अरनिको सडकखण्ड अन्तर्गत बनेपा- १३ साँगा चोकमा सडक अनुशासन, सवारी दुर्घटना न्युनिकरण तथा रोकथाम गर्ने अभियान स्वरुप चालकहरूको लागुपदार्थ सेवन (लापसे) चेक गरिएको थियो । कुल ४० जनाको परीक्षण गरिएकोमा ९ जनाले लापसे गरेको पाइएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।
उनीहरूलाई पक्राउ गरेर आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा लगिएको छ ।
आज नेपाल प्रहरी प्रदेश कार्यालय पनौती, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लापसे चेक गरिएको हो । लापसे चेकका लागि शीर मेमोरियल अस्पताल बनेपा , बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्य थियो ।
यस अघि पनि जिल्लाका विभिन्न ठाउँमा यस्तै परीक्षण गर्दा लागुपदार्थ सेवन गरेर सवारी चलाउनेहरू पक्राउ परेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस