नेपाल रेडक्रस सोसाइटी काभ्रे द्वारा बेथानचोकका २ बिद्यालयहरूलाई हातधुने धारा र शौचालय हस्तानतरण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ भाद्र ७, शनिबार (४ महिना अघि)
  • ३२६ पटक पढिएको

नेपाल रेडक्रस सोसाइटी काभ्रे द्वारा बेथानचोकका  २ बिद्यालयहरूलाई हातधुने धारा र शौचालय हस्तानतरण

बेथानचोक गाँउपालीका  वडा नं २ मा रहेको २ बिद्यालयहरूलाई हातधुने धारा र शौचालय हस्तानतरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गत बेथानचोक गाउँपालिकाको वडा नं. ०२ मा सञ्चालित बाढि पहिरो पुनर्लाभ कार्यक्रमबाट श्री बालहित आधारभुत बिद्यालयमा निर्मित बालमैत्री शौचालय तथा हात धुने स्थान र श्री जयराम आधारभुत बिद्यालयमा निर्मित बालमैत्री शौचालय तथा हात धुने स्थान निर्माण सम्पन्न पश्चात एक कार्यक्रमको बिच सार्वजनिक सुनुवाई गरी बिद्यालयलाई हस्तानतरण गरिएको हो ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष श्री भगवान अधिकारी , नेरेसो जिल्ला शाखाका सभापति श्री देबेन्द्र प्रसाद भैल, बेथानचोक गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिना, वडा नं. २ का वडा अध्यक्ष श्री पुरुपोत्तम तिमल्सिना, दुवै बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा प्र.अ., रेडक्रस उपशाखाका सभापति तथा सरोकारवालाहरुको उपस्थितिमा योजना हस्तानतरण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटीद्धारा वडा नं. २ को पाट्नेखोला क्षेत्रमा कामका लागी नगद तारजाली निर्माण कार्य, बाढि प्रभावितहरुको लागी ब्यबसाय प्रवर्धनको लागी जिविकोपार्जन सुधारको लागि दिईएको शसर्त नगद अनुदानको प्रगति अवलोकन गरेको छ ।बाढि पहिरो प्रतिकार्य देखि पुनर्लाभको चरण सम्म रेडक्रसको भुमिका अतुलनिय रहेको पालिका अध्यक्ष श्री भगवान अधिकारीले बताउनु भयो । सरकारको सहयोगीको रुपमा नेपाल रेडक्रस सोसाइटी बिपद् पुर्व तयारी तथा प्रतिकार्यमा सहकार्य गर्न सदैव तत्पर रहेको जिल्ला शाखाका सभापति देबेन्द्र प्रसाद भैलले बताउनु भयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस