कुकुरलाई बचाउन खोज्दा नदीले बगाएर बेपत्ता

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ भाद्र १२, बिहिबार (३ महिना अघि)
  • २६१ पटक पढिएको

कुकुरलाई बचाउन खोज्दा नदीले बगाएर  बेपत्ता

दोलालघाट/ भोटेकोशी नदीले बगाएर एक युवा बेपत्ता भएका छन । घरमा पालेको कुकुर नदीमा हामफालेपछि कुकुरलाई बचाउन खोज्दा नदीले बगाएर पछि बेपत्ता भएका हुन ।

कुकुर जोगाउन नदीमा हेलिएका भुम्लु गाउँपालिका-१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिनुभयो ।
भुम्लु गाउँपालिका-८ दुलालेश्वर मन्दिर नजिकै हाम फालेर बेपत्ता उनको खोजीको लागि सशस्त्र प्रहरी निरीक्षक विनोद थापाको कमाण्डमा ११ जना र नं १६ गण बाट सशस्त्र प्रहरी सहायक निरीक्षक आदर्शकुमार शाहको कमाण्डमा ११ जना उद्धार टोली खटिएको सशस्त्र प्रहरी १५ नं‍‍. गण काभ्रेका प्रमुख माधव रेग्मीले बताउनु भयो ।

उद्धारका लागि प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तमाङको नेतृत्वमा पनि टोली खटिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस