रेडक्रस काभ्रेको सहयोगमा बेथानचोक गाउपालिकाको पार्वती माबि र सरस्वती माबिमा स्टेशनरी तथा बालमैत्री शैक्षिक सामाग्री

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ भाद्र १७, मंगलबार (७ महिना अघि)
  • ४५२ पटक पढिएको

रेडक्रस  काभ्रेको सहयोगमा बेथानचोक गाउपालिकाको पार्वती माबि र सरस्वती माबिमा स्टेशनरी तथा बालमैत्री शैक्षिक सामाग्री

बेथानचोक÷ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेको सहयोगमा बेथानचोक पार्थलीमा रहेको सरस्वती माविमा अध्ययनरत ईसीडीका बिद्यार्थीहरूका लागि खेलौना लगायत सिकाइ सामग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेले उक्त बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । बिद्यालयलाई विभिन्न खेलौना, भलिबल ,नेट, चेस,क्यारिम बोर्ड, रिङ, मादल, खैजेडी, पियानो, ड्रम सेट साबुन ,सेनेटरी प्याड तथा पेन्सिल, इरेजर ,पेन्सिल कटर र १ वटा सानो स्पिकर सामग्री विद्यालयलाई उपलब्ध गराएको थियो । यसै गरी नेरेसो काभ्रे जिल्ला शाखाको समन्वय र ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा बाढि पहिरो पुनलाभ कार्यक्रम अन्तर्गत बेथानचोक गाउपालिकाको पार्वती माबि र सरस्वती माबिमा स्टेशनरी तथा बालमैत्री शैक्षिक सामाग्री जिल्ला शाखाका निवर्तमान सभापति रघुनाथ हुमागाई कोषाध्यक्ष प्रेम कुमार तामाङ परियोजना प्रमुख मधुसुदन थापाको उपस्थितिमा बिद्यालयका प्रधानाध्यापक बिद्यालय ब्यबस्थापनका पदाधिकारीहरुलाई एक समारोह बिच हस्तान्तरण गरिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस