धुलिखेल नगरपालिकामा टिङटिङको एआई प्रविधिमार्फत सिधा सम्पर्क स्थापित

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ भाद्र १८, बुधबार (१ साल अघि)
  • ३६५ पटक पढिएको

धुलिखेल नगरपालिकामा टिङटिङको एआई प्रविधिमार्फत सिधा सम्पर्क स्थापित

धुलिखेल/ धुलिखेल नगरपालिकाले एआई टेलिफोनी प्रणाली प्रयोगमा ल्याएको छ । धुलिखेल नगरपालिकाले आफ्ना ३८ हजार नागरिकसँग नेपाली भाषामै सिधा सम्पर्क स्थापित गर्न एआई टेलिफोनी प्रणाली प्रयोगमा ल्याएको हो ।

नगरपालिकाले टिङटिङको एआई प्रविधिमार्फत कर तिर्ने म्याद, जन्म दर्ता सङ्कलन, वा स्वास्थ्य शिविरको जानकारी सबै नागरिकसम्म पुर्याउन सफल भएको हो। यसले एकैसाथ हजारौं नागरिकलाई उनीहरूकै नाममा सम्बोधन गर्दै नेपाली भाषामा स्वचालित फोन कल गर्न सक्छ। एआई टेलिफोनी प्रणाली प्रयोग गर्नेमा धुलिखेल नगरपालिका नेपालकै पहिलो सरकारी निकाय बनेको छ।

धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठले भने, ‘एआईको दौडमा सरकार पहिलो हुनुपर्छ अनि हामी सुरु गर्दैछौँ टिङ टिङबाट स्थानीय सरकारले नागरिकहरूलाई दिने सेवामा संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र २२ वटा अधिकारमा थुप्रै काम गर्नुपर्छ। ती थुप्रै कामहरूलाई सहज र सुलभ बनाउनको लागि धुलिखेल नगरपालिकाले डिजिटल सेवालाई प्राथमिकता दिएर काम गरिरहेको छ।’उनले नगरपालिकाका ३८ हजार नागरिक र यो व्यावसायिक, औद्योगिक सहरको हिसाबले उनीहरूलाई दिने सेवाहरू गुणस्तरीय रूपमा दिनको लागि अब एआई प्रणालीबाट पनि सूचना आदानप्रदान गर्ने प्रक्रियामा अगाडि बढेको बताउनु भयो।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस