खानीखोला गाउँपालिकाको फुलडाडाँबाट गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ भाद्र २२, आईतबार (४ महिना अघि)
  • २७९ पटक पढिएको

खानीखोला गाउँपालिकाको फुलडाडाँबाट गर्भवती  महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

खानीखोला/प्रसव पीडामा छट्टपटीएकी एक गर्भवती  महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाको फुलडाडाँबाट गाउँपालिकाको समन्वयमा फुलडाडाँको रोचक श्रेष्ठको श्रीमती १९ वर्षीय आयुष्मा ब्लोनको हेलिकप्टरमार्फत उद्वार गरिएको हो ।

लामो समयसम्म प्रसव पीडा तथा दिसापिसाब रोकिएका कारण आयुष्माको स्वास्थ्य अवस्था जटिल बनेको थियो । उनलाई खानीखोलाको गाउँपालिका केन्द्रस्थित ताल्ढुंगा स्वस्थ चौकीको बर्थिङ सेन्टर ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाण्डौँस्थित प्रसूति गृह थापाथलीमा लगिएको हो ।

खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भएपछि पहिलोपटक गाउँपालिकाबाट गर्भवती  महिलाको हेलिकप्टरमार्फत उद्धार भएको जानकारी दिनु भयो।
डाँडापारि क्षेत्रमा अस्पाताल नभएको स्वास्थ्य चौकीमा उकरण अभावकै कारण पनि आपतमा हेलिकप्टरबाट सहरमै लैजानुपर्ने बाध्यता रहेको अध्यक्ष थिङले बताउनु भयो ।

महिला तथा बालबालिका मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार गर्दै आएको छ । कार्यविधि अनुसार सुत्केरी पोषण स्याहार तथा यातायातवापत २० हजार रुपैयाँ उपलब्ध गराइन्छ ।

सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी हेलीकप्टरमार्फत उद्धार गरी आयुष्मालाई हेलीकप्टरमार्फत उद्धार गरेर प्रशुतीगृह थापाथली पुर्‍याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस