रोटरी क्लबको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (४ महिना अघि)
  • ३४८ पटक पढिएको

रोटरी क्लबको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

जेन्जी आन्दोलनका क्रममा घाइते भएका नेपालीहरूलाई आवश्यक रगत आपूर्ति गर्न नेपालका १३ वटा रोटरी क्लबहरूले संयुक्त रूपमा बालाजु चोकमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेका छन्।

यस कार्यक्रममा रोटरी क्लब अफ गोंगबु, काठमाडौं, काठमाडौं सर्कल, मातृभूमि बालुवाटार, राजधानी, मध्यपुर, बालाजु, काठमाडौं हाइट, बाग्मती काठमाडौं, पाटन, काठमाडौं डाउनटाउन, काठमाडौं मेट्रो, र तिनकुने काठमाडौंले सहभागिता जनाएका थिए। नेपाल रक्त सञ्चार समूहको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

रोटरी डिस्ट्रिक्ट ३२९२ का वर्तमान गभर्नर विनोद कोइराला, डिस्ट्रिक्ट अफिसियलहरू तथा विभिन्न क्लबका सदस्यहरू एवं रोट्र्याक्टहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा उपस्थित रक्तदाताहरु मध्ये ७९ प्वाइण्ट मात्र रगत संकलन गरी असहज परिस्थितिका कारण १३९ जनाको डाटा लिएर फिर्ता गराउनु परेको कुरा आयोजक सदस्य रो राजाराम फुयालले जानकारी दिए।

बालाजु चोक आसपासका व्यवसायी, प्रहरी, यात्रु तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहयोग र सक्रिय सहभागिता रहेको यस कार्यक्रमले उल्लेखनीय सफलता हासिल गरेको आयोजकहरूले बताएका छन्।

रोटरी एक गैरराजनीतिक र मानवीय सेवाका लागि काम गर्ने सामाजिक संस्था भएकाले “कुनै पनि नेपालीले रगतको अभावका कारण ज्यान गुमाउन नपरोस्” भन्ने उद्देश्यसहित हालको कठिन परिस्थितिमा बालाजु मात्र नभई देशका अन्य ठाउँहरूमा पनि रोटरी क्लबहरुले रक्तदान कार्यक्रमहरू सम्पन्न गरिरहेको कुरा रोटरी क्लब अफ काठमाडौं हाइटका अध्यक्ष अरुण शर्माले जानकारी गराए ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस