
बनेपा/ रियोना इन्टरप्राइजेज बनेपाले स्थापना दिवसको अवसर पारेर इलाका प्र।री कार्यालय बनेपालाई सहयोग गरेको छ ।
रियोना इन्टरप्राइजेजको ११औं बार्षिकोत्सवको अवसरमा इलका प्रहरी कार्यालयलाई सुरक्षा सम्बन्धी सामाग्री रियोना इन्टरप्राइजेजका तर्फबाट संचालक रूपेश कायस्थले ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायक उपरिक्षक रामेश्वर त्वातीलाई हस्तान्तरण गर्नु भएको हो ।
प्रहरी मेरो साथी भन्ने भावनाबाट प्रेरित भई सामाजिक उत्तरदायित्व वहन गर्दै केही समय अगाडी भएको जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजानी क्षतिग्रस्त इलाका प्रहरी कार्यालयलाई भिडियो सर्भिलेन्स सिस्टम र फायर एक्स्टीङ्गुईसर उपलब्ध गराएको रियोना इन्टरप्राइजेजका संचालक रूपेश कायस्थले जानकारी दिनु भयो ।
प्रहरी सेवालाई पुनस्थापित गरी नागरीक सेवामा समर्पित गर्न अभिप्रेरित गर्ने उद्देश्य सहित १६ च्यानलको एनभिआर १ थान आउटडोर कलरभ्यू क्यामेरा २थान, इनडोर कलरभ्यू क्यामेरा २ थान, इनडोर एक्सआईआर क्यामेरा २थान, ४ टिबी हार्ड ड्राइभ १थान, पिओइ स्विच ८ पोर्टको २ थान र ४ केजीको फायर एक्स्टीङ्गुईसर २ थान, फो यु सिल्भर र्याक १ थान र लईडी मनिटर १थान गरी करी २ लाख बराबरको सामग्री प्रदान गरिएको थियो ।
हस्तान्तरण गरिएको सामाग्रीहरूलाई प्रहरी कार्यालयको भौतिक संरचना मर्मत पश्चात रियोना इन्टरप्राइजेजले नै जडान तथा स्थापना नि:शुल्क रूपमा गरिने छ ।