मन्त्री घिसिङद्वारा सुर्यविनायक–धुुलिखेल सडक खण्डको अनुगमन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ आश्विन ७, मंगलबार (३ महिना अघि)
  • २५९ पटक पढिएको

मन्त्री घिसिङद्वारा सुर्यविनायक–धुुलिखेल सडक खण्डको अनुगमन

धुलिखेल÷ ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सुर्यविनायक–धुुलिखेल सडक खण्डको अनुगमन गर्नुभएको छ ।सोमवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवसहितको अधिकारीसहित उहाँले सो सडक खण्डको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले दशैँ–तिहारजस्ता चाडपर्वमा यातायात सहज हुनेगरी सो सडक खण्डको खाल्डाखुल्डी तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । मन्त्री घिसिङको सो सडक खण्डको विस्तार कार्यका लागि बजेटको अभाव हुन नदिने पनि बताउनु भयो । उहाँले सो सडक खण्डको विस्तारको लागि आगामी आर्थिक वर्षभित्र सकिने गरी काम गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनु भयो । त्यस अवसरमा स्थानीयले सो सडक खण्डको विस्तारको काम सम्पन्न गराउनका लागि मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस