महाभारतको सडक समस्याबारे जिम्बाद्वारा कुलमानको ध्यानाकर्षण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ आश्विन २३, बिहिबार (१ महिना अघि)
  • १५८ पटक पढिएको

महाभारतको सडक समस्याबारे जिम्बाद्वारा कुलमानको ध्यानाकर्षण

काठमाडौं/ विपदबाट क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणका लागि तत्कालै राहतको अनुरोधसहित बाढी प्रभावित काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले संघीय सरकारका मन्त्री कुलमान घिसिङलगायतसँग भेट गर्नुभएको छ । ऊर्जा सहरी विकास तथा भौतिक योजना मन्त्री कुलमान घिसिङसँगको छलफलमा तत्कालै बीपी राजमार्ग खोल्ने, रोशी खोलाको थान्सिङबेँसीमा तत्कालका लागि बेलीबृज राख्ने र दीर्घकालका लागि पक्की पुल राख्ने विषयमा भएको छलफल अत्यन्तै सकारात्मक भएको अध्यक्ष जिम्बाले बताउनुभयो ।यस्तै बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग पनि भेट र छलफल भएको छ । उहाँसँगको छलफलमा विपदबाट क्षतिग्रस्त संरचनाहरु पुनःनिर्माण तथा राहत उद्दारका लागि स्थानीय तहहरुबाट तत्कालै विवरण संकलन गरी विवरणअनुसार नै राहत तथा पुनःनिर्माणका लागि आवश्यकता अनुसार सहयोग गर्ने विषयमा छलफल भएको छ ।उता राष्ट्रिय विपद् जोखिम प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसँग पनि विपदबाट क्षतिग्रस्त निजी घर पुनःनिर्माण तथा तत्काल अस्थायी आवास निर्माण गर्ने विषयमा छलफल भएको अध्यक्ष जिम्बाले जानकारी दिनुभयो ।सबै छलफलमा सकारात्मक सल्लाह भएको र सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । गत असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाले महाभारत गाउँपालिकाबाट सदरमुकाम जोड्ने सबैखाले सडकहरु अवरुद्ध भएका छन् । पालिकामा विजुली पनि अवरुद्ध भएकोमा अहिले सुचारु गराउन काम भइरहेको छ ।बीपी राजमार्ग खुलाउन स्थानीय तहहरुबीच सहमति भइ काम शुरु भइरहेको अवस्थामा प्रदेश र संघीय सरकारबाट सहयोगको मागसहित अध्यक्ष जिम्बाले भेटघाटलाई तिव्रता दिनुभएको हो ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस