ज्योति मिर्मिरे साकोसको २६ औं वार्षिक साधारण सभा सम्पन्न

साधारण सभामा संस्थाका ७०.६४ प्रतिशत सदस्यको उपस्थिति
  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ कार्तिक २, आईतबार (१ महिना अघि)
  • ३५३ पटक पढिएको

ज्योति मिर्मिरे साकोसको २६ औं वार्षिक साधारण सभा सम्पन्न

काभ्रे / ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरूलाई पायक पर्ने ६ वटा स्थानमा सदस्यता उपस्थित र कार्यक्रम गरी इकाईगत साधारण सभा सम्पन्न गरेको हो ।
पनौतीमा केन्द्रीय कार्यालय रहेको ज्योति मिर्मिरे सामूहिक साकोसमा ०८२ आषाढ मसान्तसम्म आइपुग्दा २० हजार ७ सय ८२ शेयर सदस्य तथा २ हजार ६० जना बाल बचतकर्ता आवद्ध छन ।

‘दिगो र उत्कृष्ट वित्तीय सहकारी’ को परिकल्पना गरी समुदायमा आधारित भएर सञ्चालित ज्योती मिर्मिरे साकोसले काभ्रे जिल्ला भर वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यावसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको संस्थाका सचिव बुद्धसिंह थापाले जानकारी दिनु भयो ।

२०८२ असोज २५ गते कुशादेवी एकाई र बेथानचोक एकाई साधारण सभाबाट उद्घाटन भएको संस्थाको २६ औ वार्षिक साधारण सभा असोज २६ रोशी, बल्थली र बनेपा एकाईमा र असोज २८ गते मुख्य कार्यालयमा संस्थाका अध्यक्ष उद्धव सापाकोटाले उद्घाटन गर्नुभएको थियो । साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन पालना गर्दै सम्पन्न गरिएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाको शेयर पुँजी १२ करोड ७४ लाख ५६ हजार ७ सय, बचत (निक्षेप) १ अर्ब ११ करोड २२ लाख ६० हजार ७ सय ९१ रुपैयाँ, ऋण लगानी १ अर्ब ५ करोड ७४ लाख १६ हजार १ सय ४३ रुपैयाँ, जगेडा कोष ८ करोड ८३ लाख ७९ हजार ६ सय ५ रुपैयाँ कायम भएको बताउनुभयो । त्यस्तै यस वर्ष मात्र शेयर सदस्य वृद्धि २ हजार ४ सय ५६ जना रहेको दाहालले बताउनुभयो ।

संस्थाले सदस्य मृत्यु राहत, एकाघर परिवार मृत्यु राहत, उपचार राहत, गर्भवती पोषण, सहयोग जेष्ठ सदस्य भत्ता, अपाङ्ग सदस्य भत्ता, ऋणी सदस्य मृत्यु राहत लगायतका सदस्य राहत वापत यस वर्ष मात्रै ४० लाख ५२ हजार रुपैयाँको प्रदान गरिएको सीईओ दाहालले बताउनुभयो ।

कार्यक्रममा संस्थामा आवद्ध भएका उत्कृष्ट ऋणी, बचतकर्ता, बालबचतकर्तासहित १९ जनालाई सम्मान समेत गरिएको थियो । उक्त साधारण सभामा संस्थाका ७०.६४ प्रतिशत सदस्यको उपस्थिति थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस