क्षेत्रीय होटल संघ धुलिखेलमा प्रल्हाद प्याकुरेलको नेतृत्व

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ कार्तिक २२, शनिबार (१ महिना अघि)
  • २३७ पटक पढिएको

क्षेत्रीय होटल संघ धुलिखेलमा प्रल्हाद प्याकुरेलको नेतृत्व

काभ्रे/क्षेत्रीय होटल संघ धुलिखेलले नयाँ कार्य समिति चयन गरेको छ । नव गठित कार्य समितिमा होटल सारथी लिमिटेडका प्रल्हाद प्याकुरेल चयन हुनु भएको छ ।

निवर्तमान अध्यक्ष प्रेमकण्ठ माकाजू धुलिखेल नगरपालिकाले गठन गरेको पर्यटन परिषद्को उपाध्यक्ष चयन भएपछि समिति पुनर्गठन गरिएको हो ।

उपाध्यक्षमा माउन्ट प्रिन्सेस होटलका ज्योत्स्ना सैंजु, महासचिवमा धुलिखेल लज रिसोर्टका जुलिया माकाजु श्रेष्ठ र कोषाध्यक्षमा होटल हिमालयन होराइजन क्षितीज श्रेष्ठ चयन हुनु भएको छ ।

सदस्यहरुमा बल्थली भिलेज रिसोर्टका आशिष हुमागाईं, हिमालयन दृश्य रिसोर्टका श्यामकाजी महत, जुगल होटलका टोम सापकोटा, धुलिखेल माउन्टेन रिसोर्टका लीना खड्का श्रेष्ठ र जेरेनियम गार्डेन रिसोर्टका मनीष श्रेष्ठ रहनु भएको छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको तर त्यसलाई उजागर, ब्यवस्थित, प्रचारप्रसार र सदुपयोगमा पर्याप्त ध्यान पुग्न नसक्दा समग्र जिल्ला, नागरिक र ब्यवसायीहरु समेत सोबाट प्राप्त हुने लाभबाट वञ्चित हुनुपरिरहेको अवस्था एवम् निकै चुनौतिको सामना गरिरहेको पर्यटन ब्यवसायको उत्थानका लागि यस नवनिर्वाचित कार्यसमितिले आफ्नो ठाउँबाट यथासक्य, मेहनतका साथ, ईमान्दार भूमिका निर्वाह गर्ने अध्यक्ष प्यकुरेलले प्रतिवद्धता जाहेर गर्नु भयो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस