एक सय सन्तानब्बे जेष्ठ सदस्यलाई आभाष सहकारीको सम्मान

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ मंसिर १३, शनिबार (१ हप्ता अघि)
  • १६९ पटक पढिएको

एक  सय सन्तानब्बे  जेष्ठ सदस्यलाई आभाष सहकारीको सम्मान

बनेपा/ आभाष बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आभाष साकोसले विगतका बर्षहरूमा झै यो बर्ष पनि जेष्ठ सदस्य सम्मान गरेको हो ।

सहकारीले आज बनेपामा एक कार्यक्रमको आयोजना गरी १९७ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले २०७४ साल देखि ७० वर्ष उमेर पुगेका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको संस्थाका प्रबन्धक सुवाष वैद्यले जानकारी दिनुभयो । बनेपा मुख्य कार्यालयबाट १ सय ८०जना, पनौती सेवा केन्द्रबाट १२ र भकुण्डे सेवा केन्द्रबाट ५जना गरी १सय ९७ जनालाई सम्मान गरिएको छ।
संस्थाका अध्यक्ष ग्रोबेन तौजलेकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानीत जेष्ठ सदस्यहरुलाई संस्थाले हिटर उपहार प्रदान गरेको छ।

सम्मान कार्यक्रममा वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, विशेष अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यलगायतले संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मान गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी बादेले जन्म दिने आमाबुबालाई खुशी राख्न सके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताउनुभयो । उहाँले सरकारले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता दिनेदेखि अन्य सुविधाहरु दिइरहेको अवस्थाका बीच आभाष सहकारीले आफ्ना जेष्ठ सदस्यहरुलाई पनि सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै उहाँहरुको स्वास्थ्यमा हामीले विशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न साक्य संस्थाका प्रमुख सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बनेपा नगरपालिकाका उप प्रमुख बिमला सापकोटा लगायतले ज्येष्ठ नागरिकहरु परम्परा, चलन र सांस्कृतिका वाहक भएकोले आभाष सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेकोमा प्रशंसा गर्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस