
पनौती/पनौती पाँच सूचना प्रविधि पार्क गेट अगाडि भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक बाँकेको नेपालगन्ज स्थायी गर भइ हाल पनौती नगरपालिका वडा नम्बर ७ बस्दै आएका १८ वर्षीय सुदिप खत्रीको घटनास्थलमै मृत्यु भएको हो । बनेपाबाट पनौती तर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०१७ प ०४०६ नम्बरको मोटरसाईकल, पनौतीबाट बनेपा तर्फ जान रोकि राखेको गिट्टि लोड गरेको बा २ ख ७३५० र बागमती प्रदेश ०१–००६ ख २२१७ नम्बरको टिपर ठोक्किएर दुर्घटना भएको हो । तिब्र गतिमा रहेको मोटरसाइकल टिपरमा ठोकिएको प्रत्यक्षदर्शीले बताएका छन् ।उक्त स्थानमा रोकिराखेको बा२क ७३५० नम्बरको टिपरमा मोटरसाइकल ठोक्किएको थियो । त्यसपछि मोटरसाइकल अनियन्त्रित भई बा.प्र.०१–००६ ख २२१७ नम्बरको टिपरमुनि छिरेको थियो । दुवै टिपरका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।