
धुलिखेल/काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसले पातले गाँउमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ पातलेगाँउमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको जल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । त्यसको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । बीपी राजमार्गको काभ्रेभञ्ज्याङ-भकुण्डेबेसी खण्डमा गाडीहरु चलेका छैनन् । राजमार्ग अवरुद्ध भएपछि उक्त सडक भएर पूर्वतर्फ जाने सवारीसाधनहरुलाई धुलिखेलमै रोकिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ