सशस्त्रद्वारा रोटरी धारो र प्रतिक्षालय निर्माण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ पौष २२, मंगलबार (१ हप्ता अघि)
  • ६८ पटक पढिएको

सशस्त्रद्वारा रोटरी धारो र प्रतिक्षालय निर्माण

पोखरीचौरी÷ सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवसमा ऐतिहासिक रोटरी धारो र प्रतिक्षालय निर्माण गरिएको छ । काभ्रे चौरीदेउराली गाउँपालिका वडा नं. ५ संगको सहकार्य र समन्वयमा बिरुवा टोलमा रहेको ऐतिहासिक रोटरी धारा, चौतारी र प्रतिक्षालय निर्माण गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वाका गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले निर्माण गरिएका संरचना उदघाटन गर्नुभयो ।

सो क्रममा उहाँले सुरक्षा र उद्धारसँगै सशस्त्रले सामाजिक उत्तरदायित्वका कामहरु पगि गरिरहेको बताउनुभयो । थानीय जनतामा सशस्त्र प्रहरी बल, नेपालको छवि एवं गरिमालाई उच्च बनाई थप सुमधुर सम्बन्ध स्थापित गर्दै लैजाने संगठनको नीति अनुरुप ति संरचना निर्माण गरिएका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस