जिल्ला अदालतका ८४ प्रतिशत मुद्दा फछ्र्यौट

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ पौष २२, मंगलबार (१ हप्ता अघि)
  • ८२ पटक पढिएको

जिल्ला अदालतका ८४ प्रतिशत मुद्दा फछ्र्यौट

धुलिखेल÷काभ्रेपलाञ्चोक जिल्ला अदालतले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म लक्ष्यको ८४ दशमलव २६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतमा आयोजित जिल्लाका सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ६ सय ५ वटा मुद्दा फछ्र्यौट गरिएको जानकारी दिइएको हो । जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले अदालतले मुद्दा फछ्र्याैटमा तीब्रता दिए पनि जेन्जी आन्दोलनका कारण केही दिन परेको प्रभाव र चाडपर्व लगायतका कारण अझै लक्ष्य हासिल गर्न नसकिएको बताउनुभयो । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा तीनजना न्यायाधीश रहेका छन् । जसमध्ये प्रेमसाद न्यौपाने फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । सोही कारण अदालत मुद्दा फछ्र्यौटको लक्ष्यमा पुग्न मुस्किल पर्ने देखिएको आचार्यले बताउनुभयो । मुद्दा फछर्याैटतर्फ न्यायाधीशगत प्रगति अनुसार न्यायाधीश मातृकाप्रसाद आचार्यको ८४.५१ प्रतिशत, न्यायाधीश प्रेमप्रसाद न्यौपानेको ८५.३५ प्रतिशत र न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको ८२.९१ प्रतिशत रहेको छ । अदालतमा यो वर्षको साउनदेखि मंसिर मसान्तसम्म ७ सय ३५ वटा नयाँ मुद्दा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षबाट १ हजार ४ सय ६२ वटा जिम्मेवारी सरि आएको थियो । नयाँ दर्ता र जिम्मेवारी सरी आएका गरी मंसिर मसान्तसम्म १ हजार ५ सय ९२ वटा मुद्दा बाँकी रहेका थिए । जसमध्ये ६ महिना अवधीका २ सय १८ वटा, एक वर्ष अवधीका २ सय ६९ वटा, डेढ वर्ष अवधीका ७९ वटा, २ वर्ष अवधीका २६ वटा र २ वर्ष नाघेका मुद्दा ११ वटा मुद्दा फछ्र्र्योट भएका छन् ।
अदालतले मुद्दाको फछ्र्यौंटसँगै फैसलाको पूर्णपाठ तयार र फैसला कार्यान्वयनलाई पनि तीब्रता दिइरहेको स्रेस्तेदार इन्दिरा कार्कीले बताउनुभयो । उहाँका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा अघिल्लो वर्षको जिम्मेवारी सरेको ६ सय २८ र यो वर्षको ६ सय ५ गरी तयार पार्नुपर्ने १ हजार २ सय ३३ फैसलामध्ये ९ सय ७० वटा मुद्दाको फैसला तयार भइसकेको छ । यस्तै फैसला कार्यान्वयन तर्फ निवेदन परेका ६ सय १३ मध्ये १ सय ८५ वटा फछ्र्याैट भई ४ सय २७ वटा बाँकी रहेका छन् ।चालु वर्षमा मेलमिलापमा पठाईएका १ सय २९ मध्ये जम्मा १६ वटा मेलमिलापबाट टुगिंएका छन् भने ५८ वटा मेलमिलाप हुन नसकी फिर्ता भएका छन् । ५५ वटा मुद्दा मेलमिलापको प्रक्रियामै रहेका छन् । जिल्ला अदालत काभ्रेमा ५६ जना मेलमिलापकर्ता सुचीकृत रहेका छन् । चालु आर्थिक वर्षको पाँच महिनामै काभ्रेमा बैंकिङ कसुरका १ सय ५४ वटा मुद्दा दर्ता भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस