फरार कैदीबन्दी पक्राउ

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ माघ १२, सोमबार (१ हप्ता अघि)
  • ९८ पटक पढिएको

फरार कैदीबन्दी पक्राउ

काभ्रे । प्रहरीले जेन्जी आन्दोलनको क्रममा विभिन्न जेलबाट फरार रहेका कैदीवन्दीलाई पक्राउ गर्ने क्रममा एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका वडा नं. १० का २८ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् । जबर्जस्ती करणी सम्बन्धी कसुरदार रहेका श्रेष्ठलाई आर्थिक वर्ष २०७६÷०७७ मा मुद्दा नं. ३ अन्तर्गत सोलुखुम्बु जिल्ला अदालतबाट कैद सजाय ठहर भए अनुसार श्रेष्ठ केन्द्रीय कारागारमा कैद भुक्तान गर्दै आएका थिए । सोलुखुम्बु जिल्ला अदालतबाट १७ वर्ष कैद सजाय ठहर भएका श्रेष्ठ २०८२ भाद्र २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए ।
धुलिखेल नगरपालिका वडा नं. ४ स्थित काठमाडौं विश्वविद्यालय नजिकै श्रेष्ठ लुकीछिपी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले आज अपरान्ह ४ः३० बजेको समयमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला स्थित कारागार कार्यालयमा राखिएको छ ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस