ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान २३ औं वर्षमा प्रवेश

  • काभ्रे खबर
  • / समाचार /
  • २०८२ फागुन ७, बिहिबार (३ हप्ता अघि)
  • १२९ पटक पढिएको

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान २३ औं वर्षमा प्रवेश

काभ्रे । शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गरिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान २३ औं वर्षमा प्रवेशसँगै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको अभिवृद्धिमा निजी शैक्षिक संस्थाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिप्रति प्रशंसा गर्दै विद्यार्थीहरूको शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्टता अभिवृद्धि गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । विद्यालयका विद्यार्थीहरूले समाजसेवा, वातावरणीय संरक्षण, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आइरहेको तथा अभिभावकहरूसँग निरन्तर समन्वय गर्दै शैक्षिक सुधार गर्दै जाने विद्यालयको प्रतिबद्ध रहेको वैद्यले बताए ।
प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले शिक्षाको समाज परिवर्तनकारी भूमिकाको चर्चा गर्दै व्यावहारिक तथा जीवनोपयोगी शिक्षालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए । निर्देशक वैद्यले यस शैक्षिक सत्रमा ३५ लाखभन्दा बढीको छात्रवृत्ति वितरण गरिएको जानकारी गराउँदै प्रत्येक विद्यार्थीलाई शिक्षाको अवसर प्रदान गर्ने संस्थाको लक्ष्य रहेको उल्लेख गरे । विद्यालयका गतिविधिहरू विद्यार्थी–केन्द्रित रहेको र शिक्षामार्फत समाज रूपान्तरणमा योगदान पु¥याउने बताए ।
त्यस्तै सहायक प्रिन्सिपल नमराज दाहालले विद्यालयले विगत वर्षमा हासिल गरेका उल्लेखनीय उपलब्धीहरू सार्वजनिक गरेका थिए । कार्यक्रममा प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । विद्यालयले शिक्षा तथा कलाकारीता क्षेत्रमा योगदान पु¥याउने भुषण भोमि श्रेष्ठ, के.जी. वैदार, जुजुभाई मानन्धर र मोहन तौजलेलाई सम्मान गरेको कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काभ्रे जिल्ला प्याब्सनका अध्यक्ष श्याम बहादुर भुजेल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस