विपि राजमार्ग एक तर्फि संचालन


विपि राजमार्ग एक तर्फि संचालन

रोशि ।विपि राजमार्ग एक तर्फि संचालन भएको छ रोशी खोलामा पानीको बहाव कम भएको र सडक सामान्य मर्मत गरेपश्चात संचालनमा आएको हो। अहिले हलुका सवारी साधन र दुईपाङ्ग्रे सवारीहरूलाई आवागमन सुचारु भएकोले सावधानीपूर्वक यात्रा गर्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
यस अघि रोशी खोलाको पानी सडकमा पस्दा वीपी राजमार्ग अवरुद्ध भएको थियो। शनिबार बिहान ३: ३० बजेको समयमा वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका खण्डका केहि स्थानमा रोशी खोला पसेको थियो ।

रोशी खोलाको पानी पस्दा काभ्रेको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको हो । अविरल वर्षाको कारण रोशी खोलाको पानीको बहाव सडकसम्म पुगेकाले पूर्ण रूपमा वीपी राजमार्ग अवरुद्ध भएको थियो ।

उक्त स्थानमा प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेर सडक दुइ तर्फि खुलाउने  कार्य भइरहेको जनाइएको छ । सडकको अवस्था बारे बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक कार्यालय काभ्रेले आग्रह गरेको यस्तै काभ्रेखण्डको सवारीसाधनहरुलाई भकुण्डे र कटुन्जेमा होल्ड गरिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस