भुम्लुका २३५ किसानलाई अनुदानमा ट्याक्टर

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ बैशाख १५, मंगलबार (३ हप्ता अघि)
  • १५३ पटक पढिएको

भुम्लुका २३५ किसानलाई अनुदानमा ट्याक्टर

भुम्लुटार । भुम्लु गाउँपालिकाका २३५ किसानलाई अनुदानमा ट्याक्टर वितरण गरिएको छ । सोमबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा ट्याक्टर वितरण गरिएको हो पालिकाले यसका लागि सबै वडाहरुमा निश्चित कोटा तोकेर आवेदनका लागि आव्हान गरेको थियो । जसमा सरकारी सेवामा रहेकाले नपाउने र दलित, न्यून आय भएका, अपाङ्गता भएकाको परिवार, अल्पसंख्यकले आवेदन दिन पाउने मापदण्डसहित व्यवस्था गरिएको थियो । सोही मापदण्डमा रहेर किसानहरुले आवेदन दिएका थिए । गाउँपालिकाको कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्ने नीति अनुसार यसपटक ट्याक्टर वितरण गरिएको र आगामी दिनमा अन्य कृषि औजार पनि वितरणको योजना रहेको पालिका प्रमुख प्रेमबहादुर भुजेलले जानकारी दिनुभयो । भुम्लु गाउँपालिकाको वडानम्बर ९ का किसान भोलानाथ पराजुली पालिकाले अनुदानमा वितरण गरेको ट्याक्टरका लागि चर्को घामको मतलब नगरि आउनुभएको थियो । यसअघि अरु छिमेकीहरुको सहयोगमा खेतबारी खनजोत गरिरहनुभएका उहाँले अब आफैं ट्याक्टर चलाउने गरि खरिद गर्न लागिएको बताउनुभयो । पहिले पहिले गोरुको प्रयोग गरिने यस गाउँमा एक दशकदेखि ट्याक्टर प्रयोगमा आउन थालेको हो । यसअघि पनि ट्याक्टरले खेतबारी जोत्ने गरेको भए पनि आफ्नै लगानीमा उहाँले किन्नु भएको थिएन । यो पटक पालिकाले वितरण गरेको ट्याक्टर पाएपछि यसलाई सदुपयोग गर्ने उहाँले बताउनुभयो ।गाउँपालिकाले ५० प्रतिशत र किसानले ५० प्रतिशत लगानीमा ट्याक्टर वितरण गरिएको हो । यसअघि विभिन्न वडाहरुले अनुदानमा वितरण गरे पनि पालिकाले भने पहिलो पटक यति धेरै मात्रामा ट्याक्टर वितरण गरेको र यसमा किसानले प्रतिट्याक्टर १३ हजार लगानी गरेका पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो पालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्र लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीलगायतले किसानहरुलाई कृषि औजार ट्याक्टर वितरण गर्नुभएको हो । यसका लागि पालिकाले करिब ५० लाख लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत खत्रीको भनाइ छ । कूल ९६ लाखको कृषि औजारहरु वितरण गरिएको पालिकाले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस