
दोलखा, । दोलखा कालिन्चोक गाउँपालिकाले कृषि तथा पशुपंक्षी फर्म तथा सहकारी संस्था ,ब्यक्ति सहित कृषक समुहलाई छानबिन गर्ने भएको छ । दोलखाको कालिन्चोक गाउँपालिकाको आज आईतबार बसेको कालिन्चोक गाउँ सभा १७ ओैं अधिवेशनको निर्णयबाट २०७४ साल देखि हाल सम्म कृषि तथा पशुपंक्षी फर्ममा अनुदान लगि दुरूपयोग गर्ने ब्यक्ति तथा संस्थाहरूलाई कारबाही गर्ने र सोका लागि पालिकाले तिन सदस्यीय छानबिन समिति समेत गठन गरेको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिबाकोटीले बताउनु भयो । पालिकाले छानबिन समितिमा गाउँ कार्यपालिका सदस्य भवानी थामीलाई संयोजक तोकी छानबिन गर्न अधिकार दिएको छ ।गाउँपालिकाले कार्यपालिका सदस्यहरू रामकृष्ण त्रिपाठी र राजकुमार अधिकारी सदस्य छनोट गरेको छ । अन्य सदस्यहरूमा सदस्यहरूमा पालिकाको भेटेनरि शाखा प्रमुख ,कृषि शाखा प्रमुख रहने बताईएको छ ।
पालिका भित्र कृषि अनुदान खायर काम नगर्ने र कृषि संस्थाहरूलाई अनुदान लगि दुरूपयोग गर्नेहरूलाई कारबाही गर्ने पालिका अध्यक्ष अर्जुनप्रसाद शिबाकोटीले बताउनु भयो । लक्षित बर्गको बजेट दुरूपयोग गर्नेहरूलाई पहिलो चरणमा सुचना जारी गर्ने र दुरूपयोग रकम फिर्ता गर्न आग्रह गर्ने र दुरूपयोग गरेरै अटेर गरेर फिर्ता नगरे कानुनी प्रक्रिया अगाडि बढाउने पालिका प्रमुख शिबाकोटीले बताउनु भयो ।