सुनकोशी नदीमा हामफालेर दम्पती बेपत्ता

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ श्रावण २०, बुधबार (१ हप्ता अघि)
  • ८४ पटक पढिएको

सुनकोशी नदीमा हामफालेर दम्पती बेपत्ता

काभ्रे/काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट आज साँझ सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली रहेका छन्। तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरका कारण अपाङ्ग रहेको जनाइएको छ।

घटनापछि प्रहरी चौकी पाँचखाल र दोलालघाटबाट प्रहरी टोली परिचालन गरी खोजतलास तथा थप अनुसन्धान भइरहेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस