दोलखा उद्योग बाणिज्य संघद्वारा जिरी उद्योग बाणिज्य संघलाई स्वागत

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ श्रावण २४, आईतबार (१ महिना अघि)
  • १२६ पटक पढिएको

दोलखा उद्योग बाणिज्य संघद्वारा जिरी उद्योग बाणिज्य संघलाई स्वागत

चरिकोट  ।दोलखा उद्योग बाणिज्य संघले भर्खरै नबनिर्बाचित जिरी उद्योग बाणिज्य संघको टिमलाई स्वागत सहित सम्मान गरेको छ । जिरी उद्योग बाणिज्यको निर्बाचित टोलिलाई दोलखा उद्योग बाणिज्य संघले एक कार्यक्रमका बिच स्वागत सहित सम्मान गरेको हो । जिरी उद्योग बाणिज्य संघले आजबाट तीन तिने अन्तर जिल्ला भ्रमण थालेको छ । दोलखा उधोग वाणिज्य संघवाट सुरू भएको भ्रमण सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर हुँदै ललितपुर र काठमाडौँ हुँदै उद्योग वाणिज्य महासँघको केन्द्रीय कार्यालयमा पुगेर टुंगिनेछ ।

भ्रमण टोलीलाई दोलखा उधोग वाणिज्य संघका अध्यक्ष सनत थापाले कार्यालयमा स्वागत गर्दै यात्रा सफलताको शुभकामना दिएका थिए । संघका अध्यक्ष अनिल कार्कीले अनुभव आदान-प्रदान र सिकाईकालागि भ्रमणको आयोजना गरिएको बताए ।

भ्रमण टोलीमा जिरीका पुरानो ब्यवसायीहरू समेत सहभागी छन् ।

साथै भर्खरै सरूवा भएर दोलखा आउनु भएका सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेललाई स्वागत सम्मान समेत गरिएको दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सनत थापाले बताए ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस