
काभ्रेपलान्चोक-सोमबार आज बिहान ४ बजेदेखि वर्षाका कारण लेदोसहितको पहिरोले अबरुद्ध भएको काभ्रेको रोशी गाउँपालिका वडा नं. ९ पिन्थलि,नार्के सहित वि.पि. राजमार्ग खण्ड पहिरो हटाएपछि सुचारु भएको छ ।
पुर्ण रुपमा अबरोध भएको सडकको उक्त स्थान दुई तर्फबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
गाउँपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालयको तदारुकतामा उक्त सडक खुलाउन इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेबाट प्र.नि. निकिता कुमारी मिश्रको ५ जनाको टोली खटिएको थियो ।