पनौतीमा मोबाइल व्यवसायी संघद्वारा रक्तदान कार्यक्रम

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ श्रावण ३०, शनिबार (३ हप्ता अघि)
  • ११८ पटक पढिएको

पनौतीमा मोबाइल व्यवसायी संघद्वारा रक्तदान कार्यक्रम

पनौती / काभ्रे मोबाइल व्यवसायी संघ, पनौती शाखाको आयोजनामा पनौती बसपार्कस्थित तरकारी बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

‘रक्तदान–जीवनदान’ भन्ने मूल नाराका साथ आज साउन ३० गते आयोजित कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा ४ जना महिला र २४ जना पुरुष रहेका छन्।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, बनेपाको प्राविधिक सहयोग रहेको थियो। बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको कार्यक्रममा मोबाइल व्यवसायी तथा स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका अवसरमा ३ जना आजीवन सदस्य र १७ जना साधारण सदस्यलाई सदस्यता प्रदान गरिएको काभ्रे मोबाइल व्यवसायी संघ, पनौती शाखाले जनाएको छ।संघका  अध्यक्ष मधुर दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

संघले आगामी दिनमा सामाजिक उत्तरदायित्वअन्तर्गत ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेका मठ–मन्दिर तथा सम्पदास्थलहरूको सरसफाइ अभियान सञ्चालन गर्ने भावी योजना समेत सार्वजनिक गरेको छ।

मोबाइल व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायिक हितसँगै सामाजिक सेवाका गतिविधिलाई समेत अघि बढाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने संघले जनाएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस