काभ्रेका युवा उद्यमी दिपेन्द्र पौड्याल कृषि उद्यम केन्द्रको सञ्चालक सदस्यमा मनोनीत

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ भाद्र ४, बिहिबार (२ हप्ता अघि)
  • १०२ पटक पढिएको

काभ्रेका युवा उद्यमी दिपेन्द्र पौड्याल कृषि उद्यम केन्द्रको सञ्चालक सदस्यमा मनोनीत

काभ्रेपलाञ्चोक ।काभ्रेका युवा उद्यमी तथा पशु स्वास्थ्य प्राविधिक दिपेन्द्र पौड्याल नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र (एईसी) को सञ्चालक समिति सदस्य पदमा मनोनीत हुनुभएको छ। महासंघले कृषि तथा पशुपालन क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै उक्त जिम्मेवारी प्रदान गरेको हो।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठले एक कार्यक्रमबीच पौड्याललाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको हो।

पौड्यालसँग नेपालको पोल्ट्री व्यवसाय, पशुपन्छी पालन तथा समग्र कृषि उद्यमशीलताका क्षेत्रमा लामो र प्राविधिक अनुभव रहेको छ। उहाँ यसअघि नेपाल सरकारको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संयोजक भएर जिम्मेवारी निर्वाह गरिसक्नुभएको अनुभवी व्यक्तित्व हुनुहुन्छ।

पछिल्लो समय युवाहरूलाई कृषि व्यवसायतर्फ आकर्षित गर्न सक्रिय रहँदै आउनुभएका पौड्यालले हाल काभ्रेको नमोबुद्ध नगरपालिकामा व्यावसायिक रूपमा आधुनिक कुखुरापालन फार्म सञ्चालन गर्दै आउनुभएको छ।

कृषि उद्यम केन्द्रको सञ्चालक सदस्यमा मनोनीत भएपछि पौड्यालले मुलुकको कृषि तथा पशुपन्छी क्षेत्रको आधुनिकीकरण, नीतिगत सुधार र युवा उद्यमशीलता प्रवर्द्धनमा आफ्नो अनुभवलाई प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस