धुलिखेल खानेपानीको अध्यक्षमा कृष्ण भुषण खोजु निर्वाचित

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ भाद्र ७, आईतबार (२ हप्ता अघि)
  • १०४ पटक पढिएको

धुलिखेल खानेपानीको अध्यक्षमा कृष्ण भुषण खोजु निर्वाचित

धुलिखेल/ धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष पदमा श्री कृष्ण भुषण खोजु निर्वाचित हुनुभएको छ।

शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका विजयी उम्मेदवार श्री कृष्ण भुषण खोजुज्यूले ९०१ मत प्राप्त गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी श्री राजकुमार तखाछेले ८०६ मत प्राप्त गर्नुभएको छ। अध्यक्ष पदका अन्य उम्मेदवार श्री केशव खुलालले २६५ तथा श्री श्याम गणेजुले १८२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।

सचिव पदमा श्री बिन्द्र लाल खोजु निर्वाचित हुनुभएको छ। उहाँले १ हजार ७४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी श्री जिबनाथ पराजुलीले ९६० मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी, कोषाध्यक्ष पदमा श्री हरि कृष्ण तिमल्सिना विजयी हुनुभएको छ। उहाँले १ हजार २९१ मत प्राप्त गर्नुभएको छ भने श्री प्रभात श्रेष्ठले ७७१ मत प्राप्त गर्नुभएको छ। निर्वाचित पदाधिकारीमध्ये तिमल्सिनाले सबैभन्दा बढी मत प्राप्त गर्नुभएको छ।

शनिबार सम्पन्न निर्वाचनमा कुल २ हजार ४४० मत खसेको थियो।

समितिको सदस्य पदमा पनि विभिन्न वडाबाट निर्वाचन तथा निर्विरोध चयन भएको छ। धुलिखेल नगरपालिका–३ बाट पुरुष सदस्यमा श्री अर्जुनबहादुर थापार महिला सदस्यमा श्रीमती माधबी केसीनिर्विरोध चयन हुनुभएको छ।

धुलिखेल–४ को पुरुष सदस्यमा श्री दामोदर गौतम४०६ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्री जयराम थापाले २३५ र श्री किरण रन्जितकारले ७२ मत प्राप्त गर्नुभएको छ। सोही वडाको महिला सदस्यमा श्रीमती लोककुमारी खरेल निर्विरोध चयन हुनुभएको छ।

धुलिखेल–५ को खुला सदस्यमा श्री राधेश्याम श्रेष्ठ १६६ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्री प्रविन श्रेष्ठले १३० मत प्राप्त गर्नुभएको छ। महिला सदस्यमा श्रीमती कुमारी तामाङ१७४ मतसहित विजयी हुनुभएको छ भने श्रीमती शर्मिला जोशी कार्कीले ११९ मत प्राप्त गर्नुभएको छ।

धुलिखेल–६ को पुरुष सदस्यमा श्री दिपेश योगल२११ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्री उमेश भट्टराईले १६५ मत प्राप्त गर्नुभएको छ। महिला सदस्यमा श्रीमती दिलहरी श्रेष्ठनिर्विरोध चयन हुनुभएको छ।

धुलिखेल–७ को पुरुष सदस्यमा श्री निरज खड्का ३१४ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्री श्याम गज्यालले १४० मत प्राप्त गर्नुभएको छ। महिला सदस्यमा श्रीमती लक्ष्मी माकजु निर्विरोध चयन हुनुभएको छ।

त्यस्तै, धुलिखेल–८ को पुरुष सदस्यमा श्री मुकुन्द नेउपाने ९८ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्री इन्द्रबहादुर तामाङले ७८ मत प्राप्त गर्नुभएको छ। महिला सदस्यमा श्रीमती रुपा कट्टेल हमाल ९४ मतसहित विजयी हुनुभएको छ भने श्रीमती साईली तामाङले ७५ मत प्राप्त गर्नुभएको छ।

नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरूबाट धुलिखेल नगरवासी तथा उपभोक्ताहरूलाई गुणस्तरीय, नियमित र भरपर्दो खानेपानी सेवा प्रवाहका साथै सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस