
चरिकोट/बागमति प्रदेश सरकारको भौतिक पुर्बाधार बिकास मन्त्रालय अन्र्तगत रहेको पुर्बाधार बिकास कार्यालय दोलखामा चरम अनियमितता भएको पाईएको छ । कार्यलयले बागमति प्रदेश सरकारकै बद्नाम हुने गरि काम गर्दा नागरिकहरुले प्रादेशिक कार्यालयको औचित्य माथिनै प्रश्न उठाउन थालेका छन् । पुर्बाधार बिकास कार्यालय दोलखामा कार्यलयका प्रमुख र ईन्जिनियरहरुले मनपरि गर्दा कार्यलयको बद्नामि हुन थालेको छ । कार्यालय स्थापना कालदेखि सेटिङमा आएका कार्यलय प्रमुख हरिप्रसाद ओझा ,ईन्जिनियर टंक तिवारी र सम्राट लामागादेले राज्यको निति नियम भन्दा बाहिर गई कार्यालयमा मनपरि गर्दा अनियमितता बढेको केहि निमार्ण ब्यवसायी बताउँछन् ।
कार्यलय प्रमुख हरि प्रसाद ओझाले जिल्लाको भन्दा बाहिरका ठेकेदार कम्पनिको फर्म ल्याई बिपत् तथा आकष्मिक मर्मत सम्भारको काम सिधै खरिद प्रक्रिया अपनाई कोटेशनमा दिएको , ठेक्का सम्झौता भन्दा बढिको मुल्याङ्कन गरि भुक्तानी दिएको र दोलखामा केहि आयोजनाहरु मध्ये कार्यलयले आर्थिक लाभको प्रभाबमा कार्य गर्दा झुले छौंडे सडक अलपत्र परेको र निमार्ण ब्यवसायीले समेत कार्यालयको लापरबाहिका कारण सास्ति ब्यवहोरेर कालोसुचिमा परेको कार्यलयका एक कर्मचारीले बताए । कार्यलयले झुले छौंडे सडकमा ठेकेदार कम्पनि बाट प्रमुख र ईन्जियरले बिल भुक्तानी लिँदा केहि प्रतिशत रकम कमिसन समेत बुझ्दा पनि ठेकेदारले दुख पाएको ठेकेदार कम्पनिका कर्मचारी गुनासो गर्छन । त्यसैगरि अर्काे सडक आयोजना मुडे बाघखोर कालापानि सडक अन्र्तगतको सडक आयोजनाको निमार्ण कम्पनि द कञ्चनजंग्गा ,शुभकामना जेभिलाई पनि पटक पटक गरि सात पटक सम्म म्याद थप गरि काम गर्न अनुरोध गर्दै केहि प्रतिशत रकममा सहमति पश्चात् हाल निमार्ण कम्पनिले काम गरिरहेको बताईन्छ । कार्यलयले आर्थिक लोभमा नै ठेकेदारहरुलाई गुणस्तरहिन काममा पनि भुक्तानी गरेको देखिन्छ । कार्यलय प्रमुखको निकट निमार्ण ब्यवसायी भएकाले सोहि प्रकृतिको अर्काे आयोजना जुँगुँ सिद्धाको थान झ्याँकु हुँदै गौरीशंकर गाउँपालिका जोड्ने सडकमा ठेकेदार कम्पनि मोतिदान÷ जोगिमारा कन्ट्रक्सनले निमार्ण गरिरहेको र सो कम्पनिलाई आर्थिक लाभमै कुरो मिल्दा पटकौ पटक कार्यलयको मिलेमत्तोमा म्याद थप गर्दै आएको पाईएको छ । जुँगु,सिद्धाकोथान झयाँकु सडकमा स्थानियबासीले सडक गुणस्तरहिन भएको भन्दै निबेदन दिँदा पनि कार्यलयको तर्फबाट ठेकेदार कम्पनिकै पक्षमा पक्षपोषण गरेको निबेदक स्थानियहरु नै बताउँछन् । उनिहरु भन्छन् हामी गाउँका केहि बुद्धिजिबि भेला भएर कार्यलयमा गएर संयुक्त निबेदन दिँदा समेत कार्यलयको बेवास्ता हुनु दुखद भएको बताउँछन् । तर यस बिषयमा कार्यलयका प्रमुख हरि प्रसाद ओझाले भने आफु फिल्डमा नै पुगेर अनुगमन गरेको दाबि गरे ।
त्यस्तै कार्यलयले सडक र पुलको डिपिआरका नाममा पनि दशौं लाख रकम सेटिङमा भुक्तानी गरेको पाईएको छ । त्यस्तै कार्यलयले आयोजनाबाट ठेकेदार कम्पनिलाई बिल भुक्तानी गर्दा प्राबिधिक खर्च पिसि भन्दै ३ देखि ७ प्रतिशत सम्म लिने गरेको र ठेकेदार मार्फत सिधै नगद भुक्तानी लिएर आउनु होला भन्ने समेत गरेको एक निमार्ण ब्यवसायी बताउँछन् । कार्यलयका प्रमुख ओझा आफुले माथिसम्म मन्त्रालयको सचिब र मन्त्रिलाई सम्म खर्च ब्यवस्था गर्नु पर्ने भएकाले पिसि (कमसिन रकम)माग गरेको ठेकेदारलाइृ बताउँदै आएका छन् । त्यस्तै कार्यालयले बिगु गाउँपालिका र कालिन्चोक जोड्ने पेगु खोलाको पक्कि पुल निमार्णमा पनि ठेकेदार कम्पनि जिबन ÷मंैया जेभिलाई ६० लाख हाराहारि बढि रकम भेरिफिकेसन गरि ठेक्का सम्झौताको रकम भन्दा धेरै भुक्तानी गरेको देखिन्छ । यसरी राज्यकोषबाट आर्थिक भार बढ्ने गरि अनाआबश्यक दाहित्व सिर्जना गरि रकम भुक्तानी दिनु प्राबिधिक मुल्याङकन माथि नै प्रश्न उठेको केहि निमार्ण ब्यवसायीहरु बताउँछन् । कार्यालयले यस कार्यालय अन्र्तगतका बिभिन्न आयोजनामा समेत लागत रकम भन्दा बढि दाहित्व सृजना गरि रकम भुक्तानी गरेको पाईएको छ । कार्यलयले फिल्डमा आबश्यक भन्दा बाहिर गएर लाखौ रकमको काम गर्न लगाई भुक्तानी गर्ने गरेको पनि पाईएको छ । यस बिषयमा कार्यालयका प्रमुख ओझालाई सोध्दा उनले सबै आयोजनामा रकम बढाएर भुक्तानी गर्न पाउने र त्यो हाकिमको तजबिजमा हुने बताए । कार्यलयले सानासाना टुक्रे आयोजनामा पनि गुणस्तर मुल्याङकन नगर्दा ब्यापक सामाजि सञ्जालहरुमा नागरिकहरुले भिडियो फोटो राख्दै प्रदेश कार्यलयको बद्नाम भएको भन्दै आलोचना गरेका छन् ।