काभ्रेको बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ भाद्र २८, आईतबार (१ महिना अघि)
  • १२७ पटक पढिएको

काभ्रेको बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बनेपा/काभ्रेको बनेपास्थित अरनिको राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

उग्रचण्डी पेट्रोलपम्प अगाडि धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बनेपा–७ घर भएका ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो। शनिबार साँझ सडक पार गर्न लाग्दा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार बिहान मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले काभ्रेखबरलाई बताए।

मोटरसाइकल चालक काभ्रेको महाभारत–६ घर भई बनेपा–४ नालामा डेरा गरी बस्ने २७ वर्षीय रविन घिसिङ पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस