दाजु तिलक केसीको सम्झना बहिनी चुनु केसी द्वारा बिपन्न बालबालिकालाई सहयोग

  • काभ्रे खबर
  • / समाचार /
  • २०८३ भाद्र ३०, मंगलबार (१ महिना अघि)
  • १६३ पटक पढिएको

दाजु तिलक केसीको सम्झना बहिनी चुनु केसी द्वारा बिपन्न बालबालिकालाई सहयोग

चरिकोट  /दाजु तिलक केसीको सम्झनामा बहिनि चुनु केसीले १०० विद्यार्थीलाई सहयोग गरेकी छन् । नेकपाको केन्द्रीय सदस्य चुनु केसीले आफ्ना दाजु तिलक केसीको २३औँ स्मृति दिवसको अवसरमा जिरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयका १०० जना आर्थिक बिपन्न विद्यार्थीलाई हुडी सेट वितरण गरेकी छन्।
बाल दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई हुडी सेट वितरण गरिएको हो।
कार्यक्रममा आफ्ना दाजुलाई सम्झिँदै चुनु केसी भावुक बनिन्। उनले दाजुको निधनपछि आफूले अहिलेसम्म भाइटीका, तीजलगायतका चाडपर्वसमेत नमनाएको बताइन्।
दाजुको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीलाई सहयोग गरिएको उनले बताइन्।
कार्यक्रममा नेकपाका नेता अशोक दाहाल, वैतेश्वर गाउँपालिका-५ का अध्यक्ष भुवन घिमिरे, विद्यालयका प्रधानाध्यापक केन्द्र ज्योति खड्कालगायतको उपस्थिति थियो।
हुडी सेट वितरणमा चुनु केसी, जयराम लामिछाने, अष्ट्रेलियामा रहेका निशान्त खड्का, अमेरिकामा रहेका सुबास लामा, इजल्यान्डमा रहेका सुरज गिरी र जापानमा रहेका नवराज दाहालले सहयोग गरेका हुन्।
हुडी सेट पाएपछि विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन्। केसीलाई तत्कालीन समयमा माओबादीले मारेको थियो ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस